काठमाडौं : एसीसी प्रिमियर लिग अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा कतारविरुद्ध नेपालको प्रदर्शन फितलो देखियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४०.३ ओभरमा अलआउट हुँदै १५७ रनमा समेटियो।
१.३ ओभरमा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले कुनै पनि विकेटका लागि ठूलो साझेदारी बनाउन सकेन।…