काठमाडौं : आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले स्कटल्याण्डलाई जितका लागि १२९ रनको झिनो लक्ष्य दिएको छ। ग्लास्गोमा टस हारेर ब्याटिङ थालेको नेपाल ३५ दशमलव ५ ओभरमा अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चल्न सकेन।नेपालका आशिफ शेखले सर्वाधिक ४० रनको योगदान गरे। कप्तान सन्दीप लामिछानेले २२ रनको योगदान गरे। विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौड्यालले १०/१० रन जोडे। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र करण केसी तीनैजनाले ७/७ रन मात्र हिर्काउन सके। कुशल भूर