युरोपेली संघ (ईयू) ले युक्रेनको राजधानी कीभमा आफ्नो दूतावास पुनः खोलेको छ । यसअघि रुसको आक्रमणका कारण दूतावास पोल्याण्डमा सारिएको थियो । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बुरेलले शुक्रबार युक्रेनको भ्रमणका क्रममा यस्तो घोषणा गरेका हुन् । युक्रेनी प्रधानमन्त्री डेनिस स्माइलसँगको वार्तापछि बुरेलले उनीहरू अर्को ईयू–युक्रेन एसोसिएसन काउन्सिलको गठनको तयारीका साथ अगाडि बढ्न सहमत भएको जानकारी दिए ।युक्रेनमा ईयू प्रतिनिधिमण्डलका प्रमुख म्याटी मासिकासले पनि कीभमा रहेको ईयू झण्डाको तस्बिरस