काठमाडौं : युरोपेली युनियन ईयुले युक्रेनको राजधानी किभमा आफ्नो दूतावास फेरि खोलेको छ। रुसी आक्रमणका कारण बन्द भएको दूतावास पोल्याण्डबाट सञ्चालन गरिएको थियो। ईयुका विदेश नीति प्रमुख जोसेप बुरेलले शुक्रबार युक्रेनको यात्रा गरेपछि दूतावास पुनः खोल्ने निर्णय गरेका हुन्। युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलसँग उनले ईयु–युक्रेन एसोसिएशन काउन्सिल बनाउने तयारी अघि बढाउने सहमतिसमेत गरे। यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसन युक्रेन पुगेका छन्। आकस्मिक रुपमा किभ पुगेक