मानवअधिकार तथा शान्ति समाजले युक्रेन माथिको अतिक्रमण बन्द गर्न माग गर्दै रसियन राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ ।समाजका महासचिव पत्र गोबिन्द खनालले रसियन दूतावासका प्रसास्निक अधिकृत कुसल खनाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउनुअघि शान्ति समाजले दूतावास अगाडि रुसी कदमको विरोध गर्दै प्रदर्शन समेत गरेको थियो ।