पाटन नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

काठमाडौँ । बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली काँग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याएर निर्वाचित भएका हुन् । रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गरे । भण्डारीले ५ हजार २९०मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादी केन्द्रका कमल सिंह […]

सम्बन्धित सामग्री

मिथिला बिहारी नगरपालिकामा काँग्रेस र माओवादी विजयी

धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित भएकी छन् । काङ्ग्रेसका राजेन्द्रप्रसाद यादवले ४३०४ मत ल्याई निर्वाचित भएका हुन् । नेकपा एमालेका प्रतिद्वन्द्वी उम्मेदवार समेत रहेका निवर्तमान मेयर अनिलकुमार यादवले ४०४९ मत ल्याएका छन् भने माओवादीका सूर्यनारायण मण्डलले ३७४५ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा माओवादीकी शोभा देवी साहले ३३३० मत ल्याई निर्वाचित भएकी छन् । उनकी निकटतम नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २७९७ मत

बेथानचोकको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भगवान अधिकारी  विजयी भएका छन्। खसेको १० हजार ७ सय ३४ मतमध्ये ६ हजार ०१९ मत ल्याएर अधिकारी विजयी भएका हुन् । नेविसंघको पूर्व केन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्व जिल्ला सभापतिका अधिकारीका निकटतम प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याए।  उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी तारा राना तिमल्सिना ४ हजार ४९८ मतसहित विजयी भइन् । एमालेकी सरला केसीले ३५७३ मत ल्याइन्। यो गाउँपालिका काभ्र

चौरजहारीमा काँग्रेस–एमालेको गठबन्धन तोड्दै माओवादी विजयी

रुकुम पश्चिमको  चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेस –एमालेको गठबन्धनलाई तोड्दै  माओवादीका पुष्प वादी प्रमुखमा जितेका हुन् ।यस्तै उपप्रमुखमा पनि माओवादीकै इश्वरी शर्मा विजयी भएकी छन् । प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए । ०७४ मा माओवादी केन्द्रका बिशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित भएका थिए ।  उपप्रमुखमा निर्वाचित शर्माले ७ ह

लमजुङको राइनासको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले जितेको छ । राइनसमा नेकपा एमालेलाई पराजित गदै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । राइनासमा गठबन्धनका कांग्रेसबाट नगरप्रमुखमा खड्कबहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल विजयी भएका छन् । गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । यसैगरी, नगरपालिकाको उपमेयरमा गठबन्धनको माओवादी केन्द्रबाट पुष्पराज खनाल विजयी भएका छन् ।उनले ५

तानसेनमा एमालेलाई धक्का : मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् । नगरको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली विजयी भइन् । श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मतमात्र ल्याएका छन् ।उपप्रमुखमा सिंजालीले ११ हजार १ सय ५१ मत ल्याएर विजयी बन्दा एमाले उम्मेदवार शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत मात्र ल्याइन् । १४ वडा रहेको नगरपालिकामा १० वडामा काँग्रेसले वडाध्य

रुकुम पूर्वको भुमेमा माओवादी विजयी

रुकुम पूर्वको भुमे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा माओवादीका होमप्रकाश श्रेष्ठले ३९७५ मत ल्याएर विजयी भएका छन्। अध्यक्षमा काँग्रेस एमालेले उम्मेदवार उठाएका थिएनन्। यस्तै उपाध्यक्षमा सविना बुढामगरले ३९५१ मत ल्याएर विजयी भएका छन्। बुढाका निकटतम प्रतिद्वन्द्वी एमालेका कमानसिंह डाँगीले १३५५ मत ल्याएका छन्। काँग्रेस एमाले दुबैले एमालेका डाँगीलाई संयूक्त रुपमा उठाएका थिए। पूर्वी रुकुमको सिस्ने र पुथा उत्तरगंगा जितिकेको छ।

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

रोल्पाको परिवर्तनमा तीन दललाई पराजित गर्दै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ

भोजपुर आमचोकमा काँग्रेस एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी

भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्। माओवादी केन्द्र विरुद्ध गठबन्धन गरेका काँग्रेस र एमालेका दुबै उम्मेदवार पराजित भएका छन्। माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका संयूक्त उम्मेदवार एमालेका वसन्त राईले ३२५८ मत ल्याएर पराजित भएका छन्।काँग्रेस एमालेका संयुक्त उम्मेदवार वसन्तलाई माओवादीका अशोकले ४२८ फराकिलो मत अन्तरले पराजित गरेका छन