धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित भएकी छन् । काङ्ग्रेसका राजेन्द्रप्रसाद यादवले ४३०४ मत ल्याई निर्वाचित भएका हुन् । नेकपा एमालेका प्रतिद्वन्द्वी उम्मेदवार समेत रहेका निवर्तमान मेयर अनिलकुमार यादवले ४०४९ मत ल्याएका छन् भने माओवादीका सूर्यनारायण मण्डलले ३७४५ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा माओवादीकी शोभा देवी साहले ३३३० मत ल्याई निर्वाचित भएकी छन् । उनकी निकटतम नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २७९७ मत