रोल्पाको परिवर्तनमा तीन दललाई पराजित गर्दै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ