चौरजहारीमा काँग्रेस–एमालेको गठबन्धन तोड्दै माओवादी विजयी

रुकुम पश्चिमको  चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेस –एमालेको गठबन्धनलाई तोड्दै  माओवादीका पुष्प वादी प्रमुखमा जितेका हुन् ।यस्तै उपप्रमुखमा पनि माओवादीकै इश्वरी शर्मा विजयी भएकी छन् । प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए । ०७४ मा माओवादी केन्द्रका बिशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित भएका थिए ।  उपप्रमुखमा निर्वाचित शर्माले ७ ह

सम्बन्धित सामग्री

बर्दघाट नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय विजयी हुनुभएको छ । निर्वाचित मेयर श्रेष्ठले एमालेका मेयर पदका उमेदवार धीरज शर्मा बस्याललाई ५१ सय ७१ को फराकिलो मतान्तरले पराजित गर्नुभयो । श्रेष्ठले १८ हजार ४८९ […]

मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी विजयी

मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार साझ सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सत्तारुढ गठबन्धन तर्फका उम्मेदवार रहेका कालाखेतीले ९ हजार ३ सय १६ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए ।६ हजार ४ सय ७० मतसहित नेकपा माओवादी केन्द्रकी सीता पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित भइन् । उप

बागलुङ नगरपालिका : प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

बागलुङ। बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयीभएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गरेका छन् । विसं २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित भएका थिए । यस्तै उपप्रमुखमा नेकपा (माओवादी […]

मकवानपुरको बकैयाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

४ जेठ, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा कांग्रेसका धर्म लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । २१ हजार ७७१ मत खसेको बकैयामा कांग्रेसका लामिछानेले ११ हजार २९२ मत पाए । निकटतम् प्रतिस्पर्धी एमालेकी सरला बोलखेले ७०६६ मत पाइन् । उपाध्यक्षमा […]

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

सिन्धुली घ्याङलेखको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

सिन्धुली : जिल्लाको घ्याङलेख गाउँपालिकाको अध्यक्षमा गठबन्धन दल नेपाली कांग्रेसका जगतबहादुर भोलन विजयी भएका छन्। सोमबार साँझ सम्पन्न मत परिणामअनुसार भोलनले २ हजार १ सय २ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।भोलनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चेतुरमान लोलाई ७ सय १९ मतान्तरले पराजित गरेका छन्। पराजित नेकपा एमालेका उम्मेदवार चतुर मान लोले १ हजार ३ सय ८३ मत ल्याएका छन्।त्यस्तै उपाध्यक्षमा गठबन्धन दल नेकपा(माओवादी केन्द्र) का शंकर मान घलानले २ हजार ९ स

उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी विजयी

उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन उम्मेदवार माओवादीका ढुंगराज विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका छन् । उनले १७८७ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी एमालेका बाबुराम राईले १७४९ मत पाएका छन् । उपाध्यक्षमा काँग्रेसकी धनमाया मगर २५८६ मत ल्याएर विजयी हुँदा उनकी प्रतिष्पर्धी एमालेकी मानकुमारी थापाले १३०६ मत पाएकी छन् ।

भोजपुर आमचोकमा काँग्रेस एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी

भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्। माओवादी केन्द्र विरुद्ध गठबन्धन गरेका काँग्रेस र एमालेका दुबै उम्मेदवार पराजित भएका छन्। माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका संयूक्त उम्मेदवार एमालेका वसन्त राईले ३२५८ मत ल्याएर पराजित भएका छन्।काँग्रेस एमालेका संयुक्त उम्मेदवार वसन्तलाई माओवादीका अशोकले ४२८ फराकिलो मत अन्तरले पराजित गरेका छन

सिन्धुलीकाे मरिण १ मा माओवादी विजयी, पालिकामा गठबन्धनकाे अग्रता

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ। मरिण गाउँपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुर्मछान ५ सय ६ मत प्राप्त  गरेर प्यानलै विजयी भएको हो। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोपीलाल लामिछाने मगरले ३३८ मत प्राप्त गरेका छन्। भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जगतबहादुर जिम्बाले २११ मत प्राप्त गरेका छन्। सो वडाको मतगणना अनुसार गठबन्धन दलका उम्मेदवारले अग्रता बनाएका छन्। माओवादी केन्द्रका मरिण गाउँपालिका अध्यक्

राप्ती गापा–९ मा माओवादी विजयी

दाङ : राप्ती गाउँपालिका-९ मा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरी विजयी भएको प्रदेश निर्वाचन कार्यालयले दाङले जनाएको छ।यो वडामा नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदवारले ७६, स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूल १७ र छाता चुनाब चिन्हले जम्मा १ मत प्राप्त गरेको थिए।यो वडामा जम्मा ७१४ मत खसेको थियो। यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ।