बलात्कार पीडित युवतीलाई भेट्ने प्रहरीको प्रयास, तर पीडितले समय नै दिइनन्

सामाजिक सञ्जालमा भाइरल भएकी बलात्कार पीडित युवतीलाई भेट्नका लागि प्रहरीले प्रयास गरेको भएपनि युवतीले समय नदिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित युवतीसँग भेट्ने प्रयास गरेपनि उनीसँग भेटघाट हुन नपाएको हो ।अपराध महाशाखा भनेर चिनिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले पीडित किशोरीलाई भेट्ने प्रयास गरिरहेको छ । तर पीडित किशोरीले भेटघाटका लागि समय नदिएकाले उनीसँग कुराकानी हुन नपाएको एसएसपी कुँवरले बताए ।एसएसपी कु

सम्बन्धित सामग्री

बलात्कार पीडित किशोरीलाई कैद सजाय सुनाइएको फैसला उच्च अदालतले उल्ट्यायो

४ असार, काठमाडौं । बलात्कारसँग सम्बन्धी मुद्दामा बयान फेरेको भन्दै एक किशोरीलाई साढे ३ वर्ष कैद सुनाउने जिल्ला अदालत अछामको फैसलालाई उच्च अदालत दिपायलले उल्ट्याएको छ । उच्च अदालतले आरोपितले सफाइ पाउने जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको राय उल्ट्याएको हो । १० फागुन २०७८ मा आफूमाथि बलात्कार भएको भन्दै […]

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक महिलामैत्री बनाउन माग

द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक महिलामैत्री बनाउन माग गरेका छन्।...

बलात्कार पीडित : मुद्दा जिते पनि पाउँदैनन् न्याय

बलात्कार पीडितलाई प्रहरी, सरकारी वकिल हुँदै न्यायालयसम्म पुग्नै सकस छ । तर, जो त्यहाँसम्म पुग्छन् र कानुनी रूपमा मुद्दा जित्छन्, तिनले पनि समाज र परिवारको लाञ्छनाका कारण घरबाटै विस्थापित हुनुपर्ने अवस्था छ ।

निहारिकाका दुई समर्थकले अनसन तोडे

काठमाडौंको बसन्तपुर डबलीमा बलात्कार पीडित निहारिका राजपूतको न्यायका लागि अनसन बसेका दुई जनाले मंगलबार अनसन तोडेका छन्। अनसन जारी रहेको पाँचौं दिनमा निहारिकाका समर्थक जस्मिन ओझा र देव शर्माले अनसन तोडेका हुन्। महिला आयोगका अधिकारीहरु, मोहना अन्सारी, विद्यार्थी नेताहरु माधव ढुंगेल, नविना लामालगायतको आग्रहमा आफूहरुले अनसन तोडेको जस्मिनले बताइन्। २०७६ कात्तिक ६ गते साँझ नाबालिग […]

बलात्कार, पीडित र सामाजिक प्रभाव

विगतका बलात्कारका घटना, शृंखलाबद्ध रूपमा उजागर हुँदै छन् । पीडितको मौनतमा ७÷८ वर्षसम्म गुपचुप रहँदै आएका घटना एक्कासी सार्वजनिक गरिँदा कतिपयको निम्ति काल्पनिक जस्तै देखिन्छन् भने कतिका निम्ति आश्चर्यजनक । तथापि, लामो समयपछि उजागर हुने यस्ता घटना आफैंमा रहस्यमय हुन्छन् । यस क्रममा हालै एक युवतीले आठ वर्ष अगाडि आफू १६ वर्षकै हुँदा काठमाडौंको एभरेस्ट […] The post बलात्कार, पीडित र सामाजिक प्रभाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद

जिल्ला अदालत सुर्खेतले बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचानसहित अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेख्ने एक पत्रकारलाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ।...

बलात्कार पीडित महिलाका कपडाको प्रदर्शनी !

महिलाहरुमाथि हुने बलात्कार तथा अन्य खाले यौनहिंसामा उनीहरुले लगाउने भडि्कला पहिरनको पनि भूमिका रहने गरेको कतिपयको भनाई रहने गरेको छ । सायद यहीँ मान्यतालाई तोड्नका लागि बेल्जियममा एक अनौठो प्रदर्शनीको आयोजना भएको छ । बेल्जियममा बलात्कार पीडित महिलाका कपडाको प्रदर्शनीको आयोजना गरिएको छ । बलात्कार पीडित महिलाले बलात्कारको समयमा लगाएका कपडाको प्रदर्शनी …