सल्यान : सल्यानमा नवजात शिशु मृत्युदर घटाउन सकिएको छैन।सरकारले नवजात शिशु मृत्युदर न्यून पार्न विभिन्न कार्यक्रम गर्दै आए पनि सुत्केरीको स्याहार र अस्पताल तथा स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परीक्षणमा परिवारले ध्यान नदिँदा नवजात शिशु मृत्युदर घटाउन सकिएको छैन।स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कअनुसार ०७५/७६ मा ९, ०७६/७७ मा १८, ०७७/७८ मा १५ जना नवजात शिशुको मृत्यु भएको छ। चालू आवमा अहिलेसम्म ३ जना नवजातको मृत्यु भइसकेको छ।स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रम गर्दै