झापा : धान सुपर जोन क्षेत्र दक्षिणी झापाको कचनकवल गाउँपालिका सञ्चालित इँटा उद्योगहरूले खेतीयोग्य तथा खोला क्षेत्र नै मास्ने गरी माटो खन्दै दोहन गरिरहेको पाइएको छ। कचनकवल गाउँपालिका ६ स्थित चण्डी इँटा उद्योगले खेतीयोग्य जमिन खरिद गर्दै जथाभावी माटो खन्दै गरेको घटना बाहिरिएसँगै गाउँपालिकाभित्र सञ्चालित इँटा उद्योगहरूको थाहाकर्मीले स्थलगत रिपोर्टिङका क्रममा यस्तो भेटिएको हो। इँटा उद्योगीहरूले खेतीयोग्य जमिन र खोला मास्दासमेत कचनकवल गाउँपालिका मौन देखिएको छ। गाउँपालिकाभित्र र पालिकाब