काठमाडौं : काठमाडौंको कमल पोखरीलाई केही महिनाअघि सुकाइएको छ। गुरुयोजना बनाएर कमलपोखरीलाई ‘ब्युटिफिकेशन’ गर्ने नाममा पोखरी सुकाइएको थियो।
प्राकृतिक सिमसार भएको दाबी गरिएको कमल पोखरीको पुनर्निर्माणको क्रममा कंक्रिटको प्रयोग गरिएको छ। पोखरी सुकाएर मध्य भागमा कंक्रिटको फूल राख्ने योजना बनाइएको छ। पोखरीलाई सुकाएर कंक्रिटको प्रयोग गरिएकोमा अभियन्ताहरुले असन्तुष्टी व्यक्त