भक्तपुरका अधिकांश बालुवाखानी करिब ८ वर्षयता बन्द छन् । खानी तथा भूगर्भ विभागले त्यसयता खानी सञ्चालनको स्वीकृति दिएको छैन । तर, चाँगुनारायण नगरपालिकाले व्यक्तिले घडेरी सम्याउँदा निस्किएको माटो तथा खानीजन्य पदार्थ बालुवा, ढुंगा राजस्व लिँदै बिक्री अनुमति दिएको छ ।