मधेसको अन्न भण्डार समथर भूमिलाई सिञ्चित गर्ने पानीको मुहान चुरे हो । बर्सेनि अतिक्रमण, डढेलो, मानवबस्ती विकास र बढ्दो नदी दोहनका कारण कोमल माटो र ढुंगाले बनेको चुरे संकटमा परेको छ । खहरे खोलाबाट बग्ने सुक्खा बालुवाले चुरेको प्राण पानीको मुहानलाई सुकाएको छ । अव्यवस्थित वन फँडानी, भीरपाखामा अव्यवस्थित खेती, सडक निर्माण, बस्ती विकास र मुहान सुक्दा डाँडा उजाड भएका छन् ।