फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा १२ प्रतिशत घट्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइना...

सम्बन्धित सामग्री

नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घट्यो

२६ माघ, काठमाडौं । नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६.४ प्रतिशत बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ छ, गत वर्षको यहीं अवधिमा ५१ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीको कुल […]

आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज […]

सिद्धार्थ बैंकको नाफा ९१ प्रतिशत घट्यो

१७ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंकको नाफामा ९१ प्रतिशतले कमी आएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड ८२ लाख रुपैयाँ बराबर खुद नाफा कमाएकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २८ लाख रुपैयाँ मात्रै कमाएको छ । एकातिर खुद ब्याज आम्दानीमा कमी आउनु र अर्कोतिर बैंकले समयमै ऋणीबाट ऋण रकम […]

६० प्रतिशत पूँजी बढाएको हिमालयन डिष्टिलरीको खुद नाफा साढे ३७ प्रतिशत घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १ अर्ब ५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ३७ दशमलव ५४ प्रतिशत कम खुद नाफा गरेको हो । सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा ३५ दशमलव ६५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ९५ करोड २ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । कुल सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा २८ दशमलव ६१ प्रतिशत कम १ अर्बृ ७८ करोड रूपैयाँभन्दा बढी भएको छ । ६० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ३० दशमलव ३८ प्रतिशत कम ९२ करोड ३३ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २७ रूपैयाँ १७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रूपैयाँ छ ।

३७ % भन्दा बढीले घट्यो मिथिला लघुवित्तको खुद नाफा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ करोड १७ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष ३७ दशमलव २५ प्रतिशत कम खुद नाफा गरेको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ४६ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा करीब ३९ प्रतिशत कम हुँदा खुद नाफामा असर परेको हो । गत वर्ष रू. ४ करोड २७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ६२ लाखभन्दा बढी मात्र यस्तो नाफा गरेको छ ।  सम्भावित जोखिम शीर्षकको रकममा वृद्धि भएकाले यस वर्ष कम्पनीको सञ्चालन नाफा घटेको हो । गत वर्ष रू. ५३ लाखभन्दा बढी रहेको सम्भावित जोखिम शीर्षकको रकम यस वर्ष रू. ८७ लाखभन्दा बढी रहेको छ । गत वर्ष रू. १ करोड १६ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ७९ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको छ । २५ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. १७ करोड ४ लाख ३७ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. १८ करोड २० लाखभन्दा बढी कायम भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट यो दोस्रो त्रैमाससम्म कम्पनीले रू. १ अर्ब ३० करोडभन्दा बढी कर्जा सापटी लिएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म रू. ७९ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ३१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा भने गत वर्षभन्दा यस वर्ष कम भएको छ । गत वर्ष ३ दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव २९ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०६ दशमलव ८१ रहेको छ ।

इमर्जिङ्ग नेपालको खुद नाफा ७.७९ प्रतिशत घट्यो

वैशाख १३, काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ दशमलव ७९ प्रतिशत घटेको हो । कम्पनीले गत आवमा रू. ८५ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवमा घटेर रू. ७८ लाख ९७ हजारमा झरेको हो । चालू आवमा कम्पनीको प्रशासनिक खर्चहरुमा वृद्धि भएकाले नाफा घट्न पुगेको हो । कम्पनीको अन्य स्रोतमार्फत हुने आम्दानी भने ११९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको अन्य स्रोतमार्फत रू. ९५ लाख ५३ हजार आम्दानी भएकोमा चालू आवमा बढेर रू. २ करोड ९ लाख पुगेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ५५ करोड ५६ लाख रहेको छ भने  जगेडामा रू. ३ करोड ३४ लाख सञ्चित गरेको छ । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव शून्य २, मूल्य आम्दानी अनुपात १६२ दशमलव शून्य ५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव शून्य २ रहेको छ ।

तेस्रो त्रैमाससम्ममा प्रोग्रेशिभ फाइनान्सको खुद नाफा ५५ प्रतिशत घट्यो

वैशाख ९, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको  खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५५ प्रतिशत घटेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड ५९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ६० लाखमा झरेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा १० प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १० करोड १४ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू.८० करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६ करोड ४१ लाख, रिटेण्ड अर्निङमा रू. २ करोड ४९ लाख र शेयर प्रिमियममा रू. ७१ लाख २४ हजार सञ्चित गरेको छ । त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव शून्य १,मूल्य आम्दानी अनुपात १५५ दशमलव शून्य १ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशलमव ०३ रहेको छ ।

यस वर्ष ३०.२५% घट्यो आरम्भ चौतारी लघुवित्तको खुद नाफा

माघ ११, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  मंगलवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ३० दशमलव २५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष सञ्चालन नाफा १ प्रतिशत मात्र बढेको छ । गत वर्ष रू. ६ करोड ७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ हरोड ३२ लाखभन्दा बढी यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खराब कर्जा संकलन कम भएकाले खुद नाफा घटेको हो । गत वर्ष रू. ३ करोड ८२ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ५८ लाख ५५ हजार मात्र संकलन गरेको हो ।  कम्पनीको हाल चुक्तापूँजी रू. ३६ करोड ९ लाख २३ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ४४ दशमलव ६७ प्रतिशत वृद्धि भई रू. १९ करोड १० लाख ४५ हजार कायम भएको छ । कम्पनीले गत वर्षभन्दा यसवर्ष ८० दशमलव ३९ प्रतिशत बढी रू. ३ अर्ब ४८ करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।  गत वर्षभन्दा ४८ दशमलव ८१ प्रतिशत बढी रू. १ अर्ब ५७ करोड ९३ लाख निक्षेप संकलन गरेको कम्पनीले करीब २ प्रतिशत बढी रू. ५ अर्ब ४६ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ ।  गत वर्ष ४ दशमलव ८२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ३ दशमलव ९० प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २८ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. ४३ दशमलव २४ रहेको छ ।