जेठ ३, चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता बढाउँदै लगेकी छिन् ।
हालसम्मको कुल १७ हजार ८४६ गणनामा दाहालले ५ हजार ९४७ मत ल्याएर अग्रता बढाउँदै लगेकी छिन् । दाहालको प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ५ हजार ८८८ मत ल्याएका छन् ।
दाहालले अग्रता लिएकी छन् भने सुवेदीले पछ्याइरहेका छन् । दाहाल सुवेदीभन्दा ५९ मतले अगाडि रहेकी छिन् ।
स्वतन्त्रबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले दुई हजार ९०५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार २५७ र राप्रपाका हिमला गुरुङले चार हजार ८२२ मत प्राप्त गरेका छन् ।