चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६ मतले अगाडि हुनुहुन्छ ।
पछिल्लो मत परिणाम अनुसार दाहालले १५ हजार १६२ मत ल्याउनु भएको छ ।
एमालेका विजयी सुवेदीले १२ हजार १३६ मत पाउनु भएको छ ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत ल्याउनु भएको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५५९ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९ हजार ७६१ मत पाउनु भएको छ ।
चितवन – भरतपुर महानगरपालिकाकाे मेयर प्रतिस्पर्धा तीव्र भइरहेकाे छ । ताजा मतगणनाअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फेरि अग्रता लिनुभएकाे छ ।
दाहालले ५ हजार ३९ मतसहित अग्रता लिनुभएकाे हाे । उहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२ मतले अघि हुनुहुन्छ । सुवेदीले ५ हजार २७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले २ हजार ३ सय ५५ मत पुर्याउनुभएकाे छ ।
यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ६ हजार ४३ मत पाउनु भएको छ । एमाल...
भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल अर्का उम्मेदवार एमाले विजय सुवेदी भन्दा ६८ मतले पछि परेकी छन् । महानगरपालिकामा १३७६५ मत गणना सम्पन्न हुँदा उनले ४६२० मत पाएकी छन् भने सुवेदीले ४६८८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०७४ मत पाएका छन् । यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ५४८२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३७२५ मत पाएकी छन् ।
चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ७३ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार ६ सय २५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ५ सय ५२ मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत प्राप्त गर्नु भएको छ ।
उपमेयरम...
काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ७ हजार ४ सय ७७ मत गणना भएको छ । जसमा एमाले राप्रपा गठबन्धनका मेयरका उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले २६ सय ९३ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार बनेकी दाहालले २६ सय ७९ मत ल्याएकी छन् । पछिल्लो […]
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा पछि परेकी छन् । २०० मत बन्दा माओवादी केन्द्रकी उनले जम्मा ६८ मत पाएकी छन् । यस्तै विजयले ८२ मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत पाएका छन् । यसैगरी उपमेयरमा चित्रसेन अधिकारीले ८४ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५८ मत पाएकी छन् । अधिकारी काँग्रेसका उम्मेदवार हुन् भने हिमलालाई एमालेको समर्थन रहेको छ ।
भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा रेनुले ५१ मतमात्र प्राप्त गरेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले मात्र १३ मत पाएका छन् । हालसम्म १५० मत गणना भएको छ । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच जारी रहेको छ ।
भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् । रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।
चितवन : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ध्यान चितवनको भरतपुर महानगरपालिकाले पाएको छ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहनगर भएकाले भरतपुरले धेरैको ध्यान तानेको हो। त्यसमा पनि प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकामा पुनः उम्मेदवार बन्ने भएपछि त्यसप्रतिको चासो अझै बढेको छ। २०७४ सालमा भएको निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री दाहाल नै निर्वाचित भएकी थिइन्। उनी पुनः भरतपुरको मेयरमा दोहोरिन चाहन्छिन्।सत्