गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’

भरतपुर, ४ साउन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रुपमा रहेका छन् । कतिपय सामुदायिक वनले गैँडा देखाएर पर्यटन प्रबद्र्धनका साथै आयस्रोतको माध्यामसमेत बनाएका छन् । गैँडाका लागि भरतपुरको ज्ञानेश्वर ‘ब्लक’ क्षेत्र पनि उपयुक्त बासस्थान बनेको छ । […]

सम्बन्धित सामग्री

रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन : अर्थमन्त्री

पाटन– अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने धारणा राखेका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्दै अर्थमन्त्री डा महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी […]

निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै

चितवन ४ असोज । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा […]

नामिबिया किन गर्दैछ गोही लिलाम ?

नामिबियाले ४० वटा गोही लिलाम गर्ने निर्णय गरेको छ।त्यहाँ धेरै नागरिक तथा जनावर गोहीको आक्रमणको सिकार भएको र त्यसलाई ध्यानमा राखेर गोही लिलाम गर्ने निर्णय गरेको नामिबियाको सरकारले जनाएको छ।अधिकारीहरूका अनुसार त्यहाँ गोहीको संख्या बढेको छ। उनीहरू नियन्त्रण बाहिर गएका छन्।सरकारी अधिकारीका अनुसार धेरै गोही राष्ट्रिय निकुञ्जबाहिर जाने र त्यसबाट वरपरका बासिन्दाका लागि खतरा उत्पन्न हुने गरेको बिबिसीले उल्लेख गरेको छ। सरकारी स्रोतका अनुसार ती गोहीहरूलाई उपयुक्त बासस्थान आफूसँग भएको प्रमाणित गर्ने व

ताप्लेजुङमा हाब्रे सेन्टर

फुङ्लिङ, २३ जेठ । प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ । रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम […]

बजेट अभावमा यो वर्ष पनि रोकियो दुर्लभ सालकको अनुसन्धान

कात्तिक २२, काभ्रेपलाञ्चोक । बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जंगली जनावर सालकको अनुसन्धान रोकिएको छ । वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यो वर्ष पनि रोकिएको हो ।  संरक्षण अभियानन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले दुई वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । प्रदेश सरकारले २०७५/०७६ मा रू. दुई लाख तथा अघिल्लो आर्थिक वर्षमा रू. पाँच लाख पठाएको कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए । उनले भने, ‘प्रदेश सरकारबाट दुई वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ’, पोखरेलले भने ।  पोखरेलका अनुसार कृषि उत्पादनमासमेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान/संरक्षण अत्यावश्यक देखिन्छ । अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएको स्थानीय क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित पनि देखिएका थिए । जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताए ।  ‘हामीले सालकबारे पाँचवर्षे योजना बनाउने प्रक्रियामा थियौँ, बजेट रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन’, उनले भने । आउने वर्षका लागि योजना बनाएर मन्त्रालयमा पेश गर्नेबारे छलफल भएको उनले बताए ।  गत असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको थियो । राति ९ बजे स्थानीय एक घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको थियो ।  पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्गोलिन’ रहेको पोखरेलले जानकारी दिए । उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’नै रहेका छन् । सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृंखलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो ।  जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यक देखिएको छ । ‘यो मानिसका लागि उपयुक्त जनावर हो, यसले बालीका कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पुर्‍याउँछ, मानिसलाई भने आक्रमण गर्दैन’, पोखरेलले थपे । उनका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका किरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ ।  बल्थलीस्थित समुदायमा आधारित चोरी, सिकारी नियन्त्रण एकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईले स्थानीय आठ ओटा सामुदायिक वनमा अध्ययन गर्दा जमिनमा ५४२ ओटा प्वाल भेटिएकामध्ये पुरानो ३२३ र नयाँ २१९ प्वाल रहेको जानकारी दिए ।  उनले भने, ‘नयाँ प्वालको संख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदैछ भन्ने बुझिन्छ, हामीले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएका छौँ ।’ उनका अनुसार एकाइले गत वर्ष स्थानीय २५० स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराएको थियो भने एकाइकै पहलमा काठमाडौं विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए ।  अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ ।  दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्यांक नभए पनि कालो सालकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ ।  पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो । संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउँछन् । उनी भन्छन्, ‘नेपालमा दुर्लभ कालो सालक अति संकटापन्न अवस्थाको सूचीमा छ ।’ विश्वभर एशिया र अफ्रिकामा ८ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले जानकारी दिए । उनका अनुसार यसको प्राकृतिक प्रजनन् पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ । रासस

मानव-वन्यजन्तु द्वन्द्व : स्थानीय ज्ञान र अभ्यासलाई बेवास्ता गर्दाको परिणाम

एक किसिमले हेर्दा जङ्गली जनावरहरूबाट मान्छेमाथि हुने आक्रमण प्राकृतिक जस्तो देखिन्छ । सामान्यतया जब वन्यजन्तुको बासस्थानमा विचलन आउँछ, उनीहरूलाई पर्याप्त वासस्थान वा खाना हुँदैन, उनीहरू बास र खानाको खोजीमा बाहिर आउँछन् । निकुञ्जभित्रै उपयुक्त बासस्थान र पर्याप्त खानेकुरा पाए भने उनीहरू बाहिर निस्किँदैन’थे होला । आफ्नो जीवनमै संकट भइसकेपछि मात्रै उनीहरू बाहिर आएका हुन्छन् । […]

घोडाघोडी तालमा आइपुगे पाहुना चरा, चिरविर आवाज गुञ्जन थाल्यो

रिहाँसका लागि प्रसिद्ध कैलालीको घोडाघोडी तालमा पाहुना चरा आइपुगेका छन् । उपयुक्त आहाराको खोजी र जाडो छल्नका लागि मङ्गोलिया, साइबेरिया, उत्तरी चीनबाट आगन्तुक जलपक्षी घोडाघोडी ताल क्षेत्रमा आइपुगेका हुन । हिउँदमा कैयौं माइल उडेर आगन्तुक चरा यहाँ आइपुग्ने गरेका छन् । पाहुना चराको चिरबिर, चिरबिर आवाजले अहिले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको रौनक झनै बढेको छ । जलपक्षीका लागि राम्रो बासस्थान मानिने घोडाघोडी तालमा हिउँदमा देखिने आगन्तुक चराको चहलपहल बढेको चराविज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो । ‘बसाइँ सरेर आउने आगन्तुक चराको चहलपहल बढेको छ’, उहाँले भन्नुभयो ।

पाण्डाको बासस्थान घट्नु 'चिन्ताजनक'

जायण्ट पाण्डाहरुको संख्या बढिरहेको भएपनि उनीहरुका लागि उपयुक्त बासस्थान घटेको बताइएको छ।