घोडाघोडी तालमा आइपुगे पाहुना चरा, चिरविर आवाज गुञ्जन थाल्यो

रिहाँसका लागि प्रसिद्ध कैलालीको घोडाघोडी तालमा पाहुना चरा आइपुगेका छन् । उपयुक्त आहाराको खोजी र जाडो छल्नका लागि मङ्गोलिया, साइबेरिया, उत्तरी चीनबाट आगन्तुक जलपक्षी घोडाघोडी ताल क्षेत्रमा आइपुगेका हुन । हिउँदमा कैयौं माइल उडेर आगन्तुक चरा यहाँ आइपुग्ने गरेका छन् । पाहुना चराको चिरबिर, चिरबिर आवाजले अहिले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको रौनक झनै बढेको छ । जलपक्षीका लागि राम्रो बासस्थान मानिने घोडाघोडी तालमा हिउँदमा देखिने आगन्तुक चराको चहलपहल बढेको चराविज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो । ‘बसाइँ सरेर आउने आगन्तुक चराको चहलपहल बढेको छ’, उहाँले भन्नुभयो ।

सम्बन्धित सामग्री

वसन्त लाग्याे, पाहुना चरा आए, गीत गाउँछन् बच्चा कोराल्छन्, जान्छन्

जब नेपालमा वसन्त ऋतुको आगमन हुन्छ तब चराहरुका यी आवाजहरु हामीले सुन्न सक्छौँ । यि आवाजहरु चराको एक प्रजाती, कोइली परीवार जो दक्षिण भारत, दक्षिण पूर्वीएसिया र उत्तर पूर्वी राज्यबाट नेपाल आउँछन् उनिहरुले यस्तो आवाज निकाल्दछन् ।