काठमाण्डौ महानगरकी पूर्व उपमेयर हरिप्रभा खड्गी प्रदेशसभा सदस्यमा निर्वाचित

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकी पूर्व उपमेयर हरिप्रभा खड्गी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । काठमाण्डौ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार खड्गी विजयी हुनुभएको हाे । गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले बताउनुभयाे । यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय ...

सम्बन्धित सामग्री

सुविधा फिर्ता गर्दै बिदा भए मेयर र उपमेयर

काठमाडौं  ।  पाँचवर्षे कार्यकाल पूरा गरेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ महानगरपालिकाबाट बिदा हुनुभएको छ । त्यसै गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल पनि बिदा हुनुभएको छ । बिहीबार दिउँसो कार्यालय आएका मेयर शाक्य र उपमेयर श्रेष्ठ खड्गीले कामपाको प्रशासन विभागमा आफूले प्रयोग गरेको सवारीसाधन र […]

महानगरको मेयरमा कांग्रेसबाट प्रकाशमान पत्नीसहित ५ जना सिफारिस

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहसहित ५ जनाको नाम सिफारिस भएको छ। काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो।यस्तै , उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम पठाएको छ। गठबन्धनको सहमतिअनुसार काठमाडौं महानगर मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। तर, कांग्रेसले सह

महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन सुरु गरेको हो । संरचना हटाउन करिब दुई हप्ता लाग्ने जनाएको छ । पुरातत्व विभागले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा गत चैत्र […]

काँग्रेसको घोषणापत्र तयारी समितिमा आरजुसहित २८ सदस्य थप

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत गरेका छन् । महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवा समेत मनोनीत भएकी छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, नेपालगन्ज उपमहानगरकी उपमेयरकी उमा थापा […]

वसन्तपुर डबलीमा बनाइएका कङ्क्रिटका संरचना हटाइयाे

काठमाण्डाै – विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाण्डौ महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ । महानगर उपमेयर हरिप्रभा खड्गी नेतृत्वको अनुगमन समितिले अनुगमन गरी संरचना भत्काएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो । विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगम...

अनुगमन कार्यविधि बनाउन महानगरको समिति

काठमाडौं : काठमाडौं महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन भएको छ।अनुगमन प्रक्रिया सरल, सहज र व्यवस्थित गर्न महानगरले कार्यविधि तयार गर्न लागेको हो।महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा विभागीय प्रमुखहरूको बैठकले समिति गठन गरेको हो।नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वको समितिमा शिवराज अधिकारी, बसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी सदस्य छन्। बैठकमा उपमेयर खड

फोहोरको मुद्दा लिएर बालुवाटार पुगे मेयर शाक्य

काठमाडौँ । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएका छन् । देउवालाई भेट्न सोमबार मेयर उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको […]

महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई भेन्टिलेटर सहयोग

काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा […]

सहयोग चाहिएमा तत्काल खबर गर्नुहोस्ः विद्या सुन्दर शाक्य

काठमाण्डौ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष सनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका छन् । महामारी तिब्र रुपमा विस्तार हुदै गएर विरामीको उपचारमा समस्या देखिन थालेपनि महानगरले विकास निर्माणको काम रोकेर अस्पतालको क्षमता वृद्धिमा ध्यान दिने बताए ।

नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउनेः उपमेयर हरिप्रभा

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरू नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताइन । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उनको भनाइ थियो । मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिमको समापन समारोहका प्रमुख अतिथि उपमेयर श्रेष्ठले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै मन्तव्यमा नेतृत्व विकास तालिमको एक साताको […]