सुविधा फिर्ता गर्दै बिदा भए मेयर र उपमेयर

काठमाडौं  ।  पाँचवर्षे कार्यकाल पूरा गरेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ महानगरपालिकाबाट बिदा हुनुभएको छ । त्यसै गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल पनि बिदा हुनुभएको छ । बिहीबार दिउँसो कार्यालय आएका मेयर शाक्य र उपमेयर श्रेष्ठ खड्गीले कामपाको प्रशासन विभागमा आफूले प्रयोग गरेको सवारीसाधन र […]

सम्बन्धित सामग्री

महोत्सवको लागि ३ दिन विद्यालय बन्द गर्न लम्कीचुहा नगरपालिकाको उर्दी

मेयर सुशीला शाही अहिले वैदेशिक भ्रमणमा छिन् । उपमेयर जुना चौधरीले बिदा सम्बन्धमा आफूलाई जानकारी नरहेको बताइन् ।

बालेन र सुनिताले सपथ खाँदै, आजै पदभार सम्हाल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको आज सपथग्रहण हुँदैछ । दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि अर्थात् आज उनीहरुको सपथग्रहण हुन लागेको हो । सपथग्रहण कार्यक्रम बिहान ११ बजे राष्ट्रिय सभागृहमा राखिएको छ । सपथग्रहणलगत्तै उनीहरुले आजै पदभार सम्हाल्ने छन् । मेयर बालेन र उपमेयर सुनितासँगै नवचिर्वाचित काठमाडौंका सबै जनप्रतिनिधिले […]

रत्ननगरमा सय बेडको मातृशिशु अस्पताल शिलान्यास

चितवन (अस) । रत्ननगरमा सय बेडको मातृशिशु अस्पताल निर्माण हुने भएको छ । सोमबार रत्ननगरका मेयर नारायण वनले अस्पताल भवन शिलान्यास गरेका हुन् । रत्ननगर अस्पताल परिसरमा प्रदेश सरकार र रत्ननगर नगरपालिकाको लगानीमा अस्पताल बन्न लागेको हो  । अस्पताल निर्माणमा ९ करोड ५८ लाख रूपैयाँ खर्च हुने मेयर वनले जानकारी दिए  । आफ्नो कार्यकालमा मातृशिशु अस्पताल निर्माण सुरु गरेर बिदा हुन लागेको भन्दै मेयर वनले जाँदाजाँदै नगरबासीलाई उपहारका रूपमा अस्पताल निर्माण सुरु गरेको बताए । पाँचतल्ले उक्त भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना  छ । अस्पतालमा आमा र बच्चाको लागि आइसीयू, सुत्केरी कक्ष, जनरल वार्ड तथा विशेषज्ञ डाक्टर कक्ष हुने वनले बताए  । ‘यो छुट्टै अस्पताल हो,’ उनले भने, ‘यस प्रकारको अस्पताल शायद नेपालमै छैन ।’ अन्य अस्पतालमा ब्लक छुट्ट्याएर आमा र बच्चाको उपचार गरिँदै आए पनि उनीहरुको मात्र उपचार गर्ने नेपालमै यो पहिलो अस्पताल हुने मेयर वनको भनाइ छ  । उपमेयर विमला दुवाडीले नगरका सबै वडामा स्वास्थ्यचौकी सञ्चालन, रत्ननगर अस्पतालको स्तरोन्नतिपछि मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको बताइन् ।