सहयोग चाहिएमा तत्काल खबर गर्नुहोस्ः विद्या सुन्दर शाक्य

काठमाण्डौ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष सनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका छन् । महामारी तिब्र रुपमा विस्तार हुदै गएर विरामीको उपचारमा समस्या देखिन थालेपनि महानगरले विकास निर्माणको काम रोकेर अस्पतालको क्षमता वृद्धिमा ध्यान दिने बताए ।

सम्बन्धित सामग्री

काठमाडौंको मेयरकी उम्मेदवार समीक्षा बास्कोटाद्वारा मतदान

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार समीक्षा बास्काटाले मतदान गरेकी छन् । उनले काठमाडौं महानगरको वडा नं ३१ स्थित भ्याली भ्यू स्कुलबाट पहिलो मतदान गरेकी हुन् । यस्तै मेयर पदका उम्मेदवार एमालेका विद्या सुन्दर शाक्य र सिर्जना सिंहले पनि मतदान गरिसकेका छन् ।

सार्न मिल्ने २ ओटा आकाशेपुल चावहिलमा बन्दै, मेयर शाक्यले गरे शिलान्यास

माघ ९, काठमाडौं । काठमाडौंको चावहिल चोक र मित्रपार्क गरी दुई ठाउँमा १ करोड ३० लाख रुपैयाँको लागतमा आकाशेपुल निर्माण हुने भएको छ। चावहिल चोकमा ३३ मिटर लम्बाई र दुई मिटर चौडाईको आकाशेपुल निर्माण हुने छ भने मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइको आकाशेपुल निर्माण हुनेछ। दुई ओटा आकाशेपुलको भ्याटसहित कुल लागत १ करोड ३० लाख ४२ हजार रुपैयाँ रहेको छ। यी संरचनाहरु तोडफोड नगरी अन्य ठाउँमा लगेर जडान गर्न मिल्ने खालको रहने छन् । निर्माण गर्न लागिएको पुलको काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्य र वडाध्यक्ष शुद्धकुमार डंगोलले आइतवार शिलान्यास गरेका हुन् । शिलान्यासपछि मेयर शाक्यले पैदलयात्रुको भीड र दुर्घटना भइरहने ठाउँलाई प्राथमिकतामा राखेर आकाशेपुल निर्माण भइरहेको बताए। ‘काठमाडौं महानगरपालिकाक्षेत्र भित्र ट्राफिक जामको समस्या धेरै छ। सडक फराकिलो भएर पनि चावहिलमा सवारीको अधिक चाप छ। आकाशेपुल निर्माण भएपछि पैदलयात्रुको यात्रासुरक्षामा टेवा पुग्ने छ’, उनले भने। ‘चावहिलचोक र रामशाहपथमा यसअघि आकाशेपुल सञ्चालनमा ल्याइसकेका छौं। जयवागेश्वरीमा निर्माणाधीन छ।चावहिलक्षेत्रमा मात्रै हामीले ४ ओटा आकाशेपुल निर्माण गर्दैछौं’ उनले भने, ‘अन्य केही ठाउँकालागि प्राविधिक परीक्षण, नक्सा निर्माण र स्थानीयसँग परामर्श गरिरहेका छौं। केही ठाउँमा प्राविधिक समस्याका कारण काम अगाडि बढाउन कठिन भएको छ। त्यस्ता ठाउँको समाधान खोज्दैछौं।यससँगै खोला वा नदी तर्ने र वडा जोड्ने गरी पनि पैदलयात्री आकाशेपुल बनाउने योजना अघि बढाएका छौं।’  चावहिलक्षेत्रमा यातायात चाप व्यवस्थापन र पैदलयात्रीको सुरक्षा जटिल रहेको बताउँदै वडा नं ७ का अध्यक्ष शुद्धकुमार डंगोलले जतिबेलापनि सडकमा सवारी गुडिरहनुपर्ने र यात्रुहरुलाई सडक पार गर्नुपर्ने ठाउँ छानेर आकाशेपुल निर्माण गर्न लागिएको बताए। आकाशेपुल बनाएपछि सबैलाई हिंड्न सजिलो हुन्छ। यसमा पनि बालबालिका, जेष्ठ नागरिक र स्कूलकलेजका विद्यार्थीहरुलाई धेरै राहत हुने छ वडाध्यक्ष डंगोलको भनाइ छ। महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाका अनुसार ट्रष्ट र स्टील संरचनाका आकाशेपुल निर्माण भइरहेकाछन्। यी संरचनाहरु तोडफोड नगरी अन्य ठाउँमा लगेर जडान गर्न मिल्ने खालका छन्।

काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो भेन्टिलेटर

काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ। भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो। महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिका रुपमा अगाडि आएको कोभिड १९ विरुद्धको लड

त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड सङ्क्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका प्रमुख मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर […]

कोरोना महामारीविरुद्ध काठमाडौं महानगरको तयारी शून्य

काठमाडौं । काठमाडौंमा दोस्रो चरणको कोरोना तीव्र गतिमा फैलिरहेका बेला रोकथाम गर्न जनशक्ति व्यवस्थापन र स्रोत परिचालनमा महानगरको तयारी शून्य देखिएको छ । अहिले महानगरमा दैनिकजसो बैठक त बस्छन् । तर, ठोस उपलब्धी खासै केही देखिदैन ।  सरकारले गरेको निषेधाज्ञासँगै महानगरले जनशक्ति र स्रोत परिचालन गर्नुपर्नेमा महानगरका मेयर विद्या सुन्दर शाक्य...

शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन किन्न काठमाडौं महानगरले सघाउने

३० मंसिर, काठमाडौं। काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी …

विकासमा भन्दा पनि विरोधमा समय खेर जाँदैछ : विद्या सुन्दर शाक्य

१३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काम गर्न खोज्दा पनि विरोध हुँदा अपेक्षित उपलब्धि हाशिल नभएको दावी गरेका छन् । काम नगरेको भनेर आलोचना खेप्दै आएका मेयर शाक्यले विभिन्न बखेडा झिकेर विरोध …

आगमी नोभेम्बर १ देखि ४ सम्म हिमालयन एक्सपाे हुने

काठमाडौं महानगरपालिका र स्पेनको राजधानी मड्रिडबीच भगिनी सम्बन्ध स्थापना भएका अवसरमा बुधबार काठमाडौँमा संयुक्त पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सो पत्रकार भेटघाट कार्यक्रमलाई काठमाडाैँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र म्याड्रिड सिटी काउन्सिलका उपप्रमुख लुइस कार्लोस क्युटोले संयुक्त सम्बोधन गरेका थिए।