महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन सुरु गरेको हो । संरचना हटाउन करिब दुई हप्ता लाग्ने जनाएको छ । पुरातत्व विभागले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा गत चैत्र […]