सबै नीतिहरूको मूल नीति नै राजनीति भएकाले प्रत्येक दलसँग प्रत्येक विषयमा आफ्नो स्पष्ट दृष्टिकोण र योजना हुनुपर्छ । त्यही दृष्टिकोणको जगमा उभिँदै निर्वाचनमा जाने र सरकारबाट विकास–समृद्धिको यात्रा तय गर्नुपर्छ । तर, पछिल्लो समय नेपालका प्रमुख राजनीतिक दलमा आफ्नै दृष्टिकोण, सामर्थ्य र क्षमताप्रति विश्वास गुम्दै गएको छ ।