काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले सरकारको विकल्प नखोजेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु सरकार सुधारिनुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन् । ‘सरकार निर्माण हुनेबेलामा न्युनतम साझा कार्यक्रम जनताको पक्षमा र हाम्रो घोषणापत्रको पक्षमा बनेको थियो […]