काठमाडौं । सर्लाहीको बसबरिया–३ मानपुरका ६० वर्षीय उत्तिम सहनीले वाग्मतीमा जाल हालेर माछा मार्न थालेको चार दशकभन्दा बढी भइसक्यो । त्यति नै वर्ष भयो, उनले निर्वाचनमा भोट हाल्न थालेको पनि । उनी जालमा माछा पार्छन् तर नेताहरू उनलाई जालमा पार्छन् । ‘हरेक चुनावमा नेताले नयाँनयाँ बहाना बनाएर हामीलाई जालमा पार्दै आएका छन्,’ मनुषमारा नहरमा माछा […]