नेपालमा कम्युनिष्ट स्थापना र विस्तारका लागि महत्वपूर्ण योगदान पुर्याएका वामनेता हर्ष स्याङ्बोको वर्तमान निकै जर्जर छ । उनले राजनीति सिकाएका र सदस्यता दिएकाहरु देशको उच्च भूमिकामा पुगिसके । तर, उनले राजनीति र देशका लागि दिए मात्रै, कहिल्यै केही पाएनन् । परिणामतः अहिले ९५ वर्षको उमेरमा सुकुम्बासी बस्तीमा विरामी वय अल्झाइरहेका छन् ।