दुई तले आरसिसी ढलान पक्की घर। बाहिर खासै रङ रोगन नभए पनि भित्र कुनै सम्भ्रान्त वर्गकै घर जस्तै थियो। मैले अप्ठ्यारो मानीमानी सोधेँ- 'सर, यो जग्गा त…'
उनले म पूरा बोल्न नपाउँदै भनेँ- 'हजुर सर, यो ऐलानी जग्गा हो। नगरपालिकाको १३ वार्ड। अहिले नयाँ नाम छ शान्तिनगर, नत्र पहिले सुकुम्बासी वस्ती भन्थे।'