सुकुम्बासी व्यवस्थापनको सवाल पटक–पटक सतहमा आउने र सेलाउने भइरहेको छ । पाटन उच्च अदालतले सुकुम्बासी बस्ती हटाउने काठमाडौं महानगरको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै फेरि यो विषय सतहमा आएको छ । सामाजिक असमानता, आर्थिक विपन्नता र केन्द्रीकृत विकासले राजधानीका नदीकिनारमा लतारिएका बासिन्दाका समस्या समाधान पहिल्याउने नाममा अनेक घुम्ती घुमाउँदा जेलिएको […]