काठमाडौं उपत्यकासँगै देशका मुख्य शहरहरुमा कोरोना संक्रमित र अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न थालेको छ । यद्यपि प्रदेशगत तथ्याङ्क हेर्ने हो भने प्रदेश २ मा संक्रमण निकै न्यून देखिन्छ ।सातवटा प्रदेशमध्ये बागमतीमा संक्रमितको संख्या सर्वाधिक छ भने प्रदेश २ मा सबैभन्दा कम देखिएको छ । भदौ १ देखि १० गतेसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने यो अवधिमा बागमती प्रदेशमा १२ हजार ४१८ नयाँ संक्रमित थपिएका छन् । प्रदेश २ मा भने उक्त १० दिनको अवधिमा जम्मा ७५ जना नयाँ संक्रमित थपिएका छन् ।यस्तै, प्रदेश १ म