जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमित संख्या ओरालो लागेको छ। प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशको विभिन्न जिल्लामा सक्रिय संक्रमित संक्रमित संख्या ९ सय ५६ छ। स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमित निको हुने दर नयाँ संक्रमितभन्दा बढी भएकाले कोरोनाका सक्रिय संक्रमित दिनदिनै डिस्चार्ज भएर घर फर्किन थालेका छन्। स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाका अनुसार कुनै बेला प्रदेश २ मा सक्रिय संक्रमित संख्या साढे ११ हजार नाघेका थिए। आज&