नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले सरकार कमजोर बन्दा सेयर बजारको लगानी असुरक्षित बन्ने जोखिम बढेको बताएका छन् । उनले सेयर बजारमा बदमासी गर्ने समूहलाई राज्यले कारबाही गर्न नसक्दा लगानीकर्ताको लगानी असुरक्षित बन्ने जोखिम बढेको बताएका हुन् ।यस्तै, उनले सेयर बजार सञ्चालन सम्बन्धी कानून लामो समयसम्म नबन्दा अर्को समस्या भएको बताए । उनले भने, ‘सरकारले पुँजीबजार विकास गर्न चाहिने नियमावली ल्याउन सकेको छैन । लामो समयसम्म नियमावली आउन नसक्दा पुँजीबजारको विकासमा समस्या भइरहेको छ ।&rs