बास्मती चामल प्रकरण : खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ?

उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ । खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । तर, मन्त्रालयले कारबाही गर्नुको साटो उनीहरूलाई नै प्रोत्साहित गर्ने गरेको छ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गर्न नसक्दा सो मन्त्रालयको जिम्मेवारी स्वयं प्रधान...