काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ता ठगी गर्नेलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन्।सोमवार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारेकाे छलफलमा भाग लिँदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरू बन्न नसक्दा कालोबजारी गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाउन नसकिएको स्वीकार गरे।उनले समातिएका ठूला कालोबजारी गर्ने व्यक्ति तीन लाख तिरेर छुट्ने गरेको भन्दै जरिवानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए। उनले