आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा ढिलाइ भएको छ । पूर्ण सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा ढिलाइ भएको हो । नेपाल विद्यालय कर्मचारी परिषद् र शिक्षा मन्त्रालयबीच दुई पटक वार्ता भइसकेको छ । तेस्रो पटकको वार्तामा सरकारको तर्फबाट ठोस निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको छ । यसका लागि अर्थ मन्त्रालयले आन्तरिक तयारी थालेको छ । उनीहरूले अघि सारेको मागहरुलाई सम्बोधन गर्दै शिक्षा मन्त्रालयले फाइल खडा गरेको थि