राष्ट्रपतिलाई एमालेको पत्र : देउवालाई समर्थन गर्ने सांसदलाई कारबाही गर्छौं

७ जेठ, काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ । उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने …

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका जसपा सांसदको रिटमा अन्तरिम आदेश जारी भएन

काठमाडौं। सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका ३ सांसदलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिनु पर्ने/नपर्नेमा लुम्बिनी प्रदेशसभालाई कारण देखाऊ आदेश जारी गरेको हो। पार्टीको नीति विपरीत मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएकोमा जसपाले सन्तोषकुमार पाण्डेय, विजय यादव र कल्पना पाण्डेलाई संसद् पदबाट हटाइ कारबाही गरेको थियो।

कमजोर एकताले समस्यामा जसपा

गत वैशाख १९ मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश सभामा ६ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित भयो । चार सांसद सरकारमा सहभागी हुँदै मन्त्री बने, दुई सांसद मुख्यमन्त्रीको विपक्षमा उभिए । पार्टीले गरेको ह्वीप उल्लंघन गरेको भन्दै सरकारलाई समर्थन गरेका चार सांसदलाई पार्टी लुम्बिनी प्रदेश समितिले उनीहरुलाई कारबाही गर्यो । सर्वोच्चले उनीहरुलाई सांसद पदमै पुनर्बहाली गर्न अन्तरिम आदेश दियो । तर, अन्तिम फैसला हुन बाँकी छ । फलतः अहिले लुम्बिनी प्रदेशमा केन्

रिट निवेदकबाट दलीय अनुशासन र नैतिकता उल्लंघन भयोः प्रधानमन्त्री

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि सांसदलाई दलीय अनुशासन उल्लंघन गर्ने छुट नभएको बताएका छन्।सर्वोच्चमा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्रीले संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन,२०७३ले सदस्यलाई दलको निर्णय विपरीत काम कारबाही गर्न सक्ने छुट नदिएको उल्लेख गरेका छन्।“विपक्षी दलको नेतालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने कार्य संविधान अनुकूल हुने कुरा संसदीय शासन प्रणालीमा कसैले कल्पना पनि गर्न सक्दैन’, प्रधानमन्त्रीले भनेका छन्।

दर्जन सांसदलाई मान्यता नदिन राष्ट्रपतिलाई महन्थको पत्र

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका छन् । पार्टीका ३२ मध्ये १२ जना सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष पुगेका उनीहरूमाथि कारबाही प्रक्रिया चलेको र पार्टीले आधिकारिक रूपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन […]

शीतलनिवास पुग्यो देउवालाई समर्थन गर्ने एमालेका २६ सांसदलाई कारबाही गर्ने सूचना

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा पठाएका छन् । दलीय अनुशासन उल्लंघन गरेक जनाउँदै २६ जना सांसदलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने सूचना पठाइएको हो । संविधानको धारा ७६(५) […]

देउवालाई समर्थन गर्ने एमाले सांसदलाई कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ । नेकपा एमालेले केही बेर अघि सो सूचना राष्ट्रपति कार्यालय पठाएको हो । देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका थिए ।

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही गर्न सिफारिस

न्युज अफ नेपाल ,सुर्खेत ।  नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत पाएका हुन् । प्रदेशमा शुक्रवार भएको मतदानमा विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । २० प्रदेश सभा सदस्यको […]

मन्त्री बनेका ४ सांसदलाई माओवादी केन्द्रले गर्‍यो कारबाही

काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिन नसकेको नेकपा माओवादी केन्द्रले ४ जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।