मन्त्री बनेका ४ सांसदलाई माओवादी केन्द्रले गर्‍यो कारबाही

काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिन नसकेको नेकपा माओवादी केन्द्रले ४ जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।

सम्बन्धित सामग्री

माओवादीले सांसदबाट पदमुक्त गरेपछि मन्त्री प्रभु साह प्रचण्डमाथि खनिए

नेकपा माओवादी केन्द्रले पार्टीका ४ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गरेपछि कारबाहीमा पर्नेमध्येका एक प्रभु साहले आक्रोश पोखेका छन् । निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा भएको केपी ओली सरकारका सहरी विकास मन्त्री रहेका उनको आरोप छ । '...

माओवादी केन्द्रले गर्यो चार सांसदलाई कारबाही

नेकपा माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई कारबाही गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष दाहालले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिनुभएको छ ।