देउवालाई समर्थन गर्ने एमाले सांसदलाई कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ । नेकपा एमालेले केही बेर अघि सो सूचना राष्ट्रपति कार्यालय पठाएको हो । देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका थिए ।