नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा हस्ताक्षर गर्ने पार्टीका सबै सांसदलाई कारबाही गर्ने चेतावनी दिएको छ । सो पार्टीले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुमाथि छानबिन हुने र त्यसपछि आवश्यक कारबाही हुने स्पष्ट पारेको छ ।
पार्टीका दुई दर्जन बढी सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेको बारे प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रपतिलाई बिहीबार एक पत्र पठाएका छन् । पत्रमा ओलीले पार्टीको निर्णय विपरित कसैलाई पनि अ...