डडेल्धुरा : प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार ५६ मत खसेको हो।'हामी पूर्वविवरण संकलन गर्दै छौँ,' उनले भने, '५६ प्रतिशत मत खसेको अनुमान गरिएको छ।' प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन