डडेल्धुरा : निर्वाचन नजिकिएसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा राजनीतिक माहोल तात्दै गएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावी सरगर्मी बढेको हो।सत्तामा रहेको नेपाली कांग्रेसले अहिले चुवानी अभियान तीव्र बनाएको छ। डडेल्धुरा कांग्रेसले पनि ‘घर–घर जाऊँ, कांग्रेस जिताऊँ’ अभियान जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालन गरिरहेको छ। दुईवटा नगरपालिकामध्ये परशुराममा सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं कांग्र