भद्रपुर : भागरथी भट्टका दोषीलाई कारबाही माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा आइतबार विरोध प्रदर्शन भएको छ। ओलीको गृह नगर दमक र मेचीनगरमा छुट्टाछुट्टै विरोध प्रदर्शन गरिएको हो। दमकमा मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा र मेचीनगरमा नेपाल विद्यार्थी सङ्घ त्रिदेव बहुमुखी क्याम्पस इकाई समितिले विरोध प्रदर्शन गरेका हुन्। मेची–महाकाली बुहारी संयुक्त आवाज उपशाखाले दमकको गणतन्त्र चोकमा भेला भएर महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न, बलाकारका घटनामा संलग्नलाई तु