५५ करोड रुपैयाँमा आइपुुग्यो शेयरबजारको दैनिक कारोबार, लगानीकर्ता थप सशंकित

दसैँको समयमा आर्थिक गतिविधि चलायमान भएसँगै त्यसको सोझो प्रभाव शेयर बजारमा पर्ने आकलन गरिए पनि बजारले सोअनुरुपको उत्साह देखाउन सकेन ।

सम्बन्धित सामग्री

माघमा बजार घटे पनि पूँजीगत लाभकर करीब २३ करोड बढ्यो

काठमाडौं । माघ महीनामा धितोपत्र दोस्रो बजार पुस महीनाको तुलनामा घटे पनि सरकारको आम्दानी भने बढेको छ । सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट माघ महीनामा मात्र ९७ करोड २० लाख ३ हजार ७७३ रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको हो । पुस महीनामा सरकारले ७४ करोड ३९ लाख १३ हजार  २२९ रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको तथ्यांकलाई आधार मान्दा पुस महीनाको तुलनामा माघ महीनामा सरकारले २२ करोड ८० लाख ९० हजार ५४३ रुपैयाँ बढी पूँजीगत लाभकर संकलन गरेको हो । सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले पछिल्लो महीना धितोपत्र बजारबाट सरकारले संकलन गर्ने कर रकम बढ्दो क्रममा रहेको बताएका छन् । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा ४० करोड ८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको सरकारले त्यसपछिका महीना त्योेभन्दा कम पूँजीगत लाभकर संकलन गरेकोमा पुसदेखि साउन महीनायताकै बढी लाभकर संकलन भएको सूचना अधिकारी न्यौपाने बताउँछन् । मङ्सिरमा भने सरकारले ३० करोड ५३ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेका तथ्यांकसमेत न्यौपानेले उपलब्ध गराएका छन् । उनका अनुसार पुसको तुलनामा माघमा दीर्घकालीन लगानीकर्ताबाट संकलन हुने कर रकममा ९७ लाख ४२ हजार रुपैयाँले कमी आएको छ । पुसमा १७ करोड २८ लाख रुपैयाँभन्दा बढी दीर्घकालीन लगानीकर्ताबाट लाभकर संकलन भएकोमा माघमा १६ करोड ३१ लाख रुपैयाँभन्दा बढी मात्र भएको जानकारी न्यौपानेले दिएका छन् । माघमा अल्पकालीन लगानीकर्ताबाट सबैभन्दा बढी पूँजीगत लाभकर सकलन भएको न्यौपानेको भनाइ छ । पुसमा ५२ करोड ४४ लाख रुपैयाँभन्दा बढी अल्पकालीन लगानीकर्ताबाट लाभकर संकलन भएकोमा माघमा २१ करोड ६९ लाख रुपैैयाँभन्दा बढीले वृद्धि भई ७४ करोड १३ लाख ८७ हजार संकलन भएको न्यौपानेले बताएका छन् । उनका अनुसार माघमा संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । पुसमा संस्थागत लगानीकर्ताबाट ४ करोड ६५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएकोमा माघमा २ करोड ९ लाख रुपैयाँले बढेको छ । माघ महीनामा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट नाफा कमाएबापत संकलन गरेको करको तथ्यांकलाई हेर्दा बजार घटे पनि लगानीकर्ताले नाफामै धितोपत्र कारोबार गरेको देखिन्छ । पुस महीनाको अन्तिम कारोबार दिन २ हजार १२० दशमलव ६२ बिन्दुमा रहेको नेप्से परिसूचक माघ महीनाको अन्तिम कारोबार दिन २ हजार १०१ दशमलव १६ बिन्दुमा झरेको छ । सिगंटी हाइड्रो इनर्जीले फागुन २ देखि १ करोड ४५ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरिसकेको छ । पुस १९ सम्म कायम शेयरधनीले सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । सिंगटीको हकप्रद शेयर निष्कासन बन्द हुने मिति फागुन २२ गते रहेको छ ।  त्यस्तै रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्दै छ । माघ २१ सम्म कायम शेयरधनीले रिडीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर चैत ८ गतेसम्म विक्रीमा रहनेछ । अंकको हिसाबमा पुसको तुलनामा माघमा नेप्से परिसूचक १९ दशमलव ४६ अंक घटेको देखिन्छ । माघ महीनामा देखिएको नेप्सेको उतारचढावलाई हेर्दा दैनिक कारोबारमा न्यूनतम २ हजार ५३ बिन्दुसम्म झरेको र २ हजार १७८ बिन्दुसम्म पुगेको समेत देखिन्छ । अल्पकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन भएको तथ्यांकलाई आधार मान्दा भने छोटो समयमै नाफा बुक गरी लगानीकर्ता कारोबारमा सहमागी भएको अनुमान भने लगाउन सकिन्छ । अनुभवी लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले बजारको आकार बढ्दै जाँदा दीर्घकालीन लगानीकर्ता भने घट्दै गएको बताउँछन् । बजारको दिगो विकासका लागि दीर्घकालीन लगानी महत्त्वपूर्ण हुने भएकाले क्षणिक लाभलाई हेरेर कारोबार नगर्न सबैमा अनुरोध गरेका छन् । लाखौं नेपालीको लगानी रहेको बजारको दिगोपनका लागि दीर्घकालीन लगानीमा जोड दिन आग्रह गर्दै उनले अल्पकालीन कारोबारले दीर्घकालीन उपलब्धि प्राप्त नहुने बताएका छन् । धितोपत्र बजारका लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गरेको खण्डमा सरकारलाई १० प्रतिशतसम्म कर बुझाउनुपर्ने हुन्छ । सरकारले पूँजीगत लाभकर शीर्षकमा धितोपत्र बजारका संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव ५ प्रतिशतसम्म कर संकलन गर्ने गरेको छ । व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन हुँदै आएको छ । एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम शेयर कायम गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गर्दै सरकारले अल्कालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको हो ।

सेयर बजारमा सक्रिय लगानीकर्ता बढे, कारोबार दुई वर्षयताकै उच्च

२ माघ, काठमाडौं । गएको वैशाख २८ गते जम्मा ५२ करोड रुपैयाँबराबर सेयर कारोबार भएको थियो । आठ महिनापछि मंगलबार कारोबार रकम ८ अर्ब २ करोडबराबरको भयो । यो रकम करिब दुई वर्षयताकै उच्च हो । यसअघि २०७८ माघ २० मा ८ अर्ब ६१ करोड रुपैयाँबराबर कारोबार भएको थियो । पछिल्ला दिनमा दैनिक सेयर कारोबार […]

सेयर बजार ३५.६७ अंकले घट्याे

काठमाडौ । केन्द्रीय बैंकको नयाँ निर्देशनप्रति सेयर बजारका लगानीकर्ता बेखुशी देखिएका छन् । नयाँ निर्देशन जारीपछि आइतबार बजार खुलेको हो । तर यस दिन सेयर बजार परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंकमा आइपुगेको छ । १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सबै समूह घटेका छन् । केन्द्रीय बैंकले गत बिहीबार […] The post सेयर बजार ३५.६७ अंकले घट्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूँजीगत लाभकर झन्डै २५ करोड घट्यो

काठमाडौं  । धितोपत्र बजारका लगानीकर्ताबाट संकलन हुने पूँजीगत लाभकर गत असारको तुलनामा साउनमा २४ करोड ८१ लाख रुपैयाँभन्दा धेरैले घटेको छ । धितोपत्र कारोबारको राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दिएको जानकारीअनुसार साउनमा कुल पूँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार रुपैयाँभन्दा बढी संकलन भएको छ । असारमा सरकारले ६४ करोड ९० लाख ४९ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । सीडीएससीका सूचना अधिकृत सुरेश न्यौपानेले साउनमा संस्थागत लगानीकर्ताबाट ७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । संस्थागत लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गर्दा सरकारलाई १० प्रतिशत पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था छ । न्यौपानेले असारको तुलनामा साउनमा संस्थागत लगानीकर्ताबाट ६ करोड १ लाख ९१ हजार रुपैयाँभन्दा कम पूँजीगत लाभकर संकलन भएको बताए । उनका अनुसार असारमा संस्थागत लगानीकर्ताबाट १३ करोड ४७ लाख ८५ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । व्यक्तिगत लगानीकर्ताबाट सरकारले दुई किसिमको पूँजीगत लाभकर संकलन गर्छ । सीडीएससीका प्रवक्ता न्यौपानेले साउनमा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालीनबाट २२ करोड ४७ लाख १२ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १० करोड १५ लाख ८५ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको जानकारी दिए । असारमा अल्पकालीन लगानीकर्ताबाट ३५ करोड ९५ लाख ७५ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १५ करोड ४६ लाख ८८ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको उनको भनाइ छ । साउनमा असारको तुलनामा अल्पकालीन लगानीकर्ताबाट संकलित लाभकर १३ करोड ४८ लाख ६२ हजारले र दीर्घकालीनबाट संकलित ५ करोड ३१ लाख ३ हजार रुपैयाँले घटेको हो । धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानीकर्ताभन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी छ । १८ लाखभन्दा बढी लगानीकर्ता धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सहभागी भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । बजार बढ्दा दैनिक १ लाखभन्दा बढी लगानीकर्ता कारोबारमा सक्रिय हुने भए पनि बजार घटेको दिन ६० देखि ६५ हजारसम्म सहभागी हुने पराजुलीको भनाइ छ । पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा खासै उत्साह देखिँदैन । छोटो समयमै नाफा बुक गरिहाल्ने परिपाटी बढेकाले बजारले सकारात्मक गति लिन सकेको छैन । बजारले गति लिन नसक्दा लगानीकर्ता अन्योलको अवस्थामा रहेकाले पछिल्ला महीना बजारसँगै कारोबार रकमसमेत घटेको ब्रोकरहरूले जानकारी दिए । नाफा कमाएका लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर घट्दा लगानीकर्ताले धितोपत्र बजारबाट गर्ने आम्दानी कम भएको पुष्टि हुन्छ ।  धितोपत्र बजारमा लगानीकर्ताको आम्दानी बढ्दा सरकारको समेत आम्दानी बढ्ने अग्रज लगानीकर्ता डम्बरुबल्लभ घिमिरे बताउँछन् । बजारले सकारात्मक गति लिन नसक्दा यो क्षेत्रलाई नै आम्दानीको स्रोत बनाएका आफूजस्ता लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ । विगत ४ दशकदेखि धितोपत्र बजारमा सक्रिय घिमिरे लामो समय लगानीकर्ता निराश हुने वातावरण बन्न नहुने बताउँछन् । बजार बढ्ने र घट्ने स्वाभाविक चक्र रहेको स्वीकार्दै घिमिरेले सरकारसँगै लगानीकर्ताको आम्दानी नघट्ने गरी बजारको विकासमा जोड दिए ।  सरकारले समेत यो क्षेत्रको विकासका लागि विशेष चासो राखेको देखिन्छ । पछिल्लो समय धितोपत्र बजारको विकासका लागि सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन प्रस्ताव स्वीकृत गरी बजारमा विविधीकरण ल्याउन खोजेको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत आमलगानीकर्ताको हितलाई ध्यानमा राखी नीति निर्माणमा जोड दिइरहेको छ ।

नेप्से १६ अंकले घट्यो

काठमाडौं । पुँजी बजार सूचक नेप्से बिहीबार १६‍.६० अंकले घटेको छ । यससँगै सूचक २०२७.३२ विन्दुमा आएको छ । आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । असार दोस्रो सातादेखि बजार समग्रमा सकारात्मक गतिमा अघि बढिरहेको छ । तथापि, लामो समयदेखि तल झरेकाले सर्वसाधारण लगानीकर्ता आत्तिएका थिए । भाउ तल घट्दा […] The post नेप्से १६ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजारमा तरलताको छाया

कोरोना कालमा फस्टाएको सेयर बजारले अधिकांश लगानीकर्तालाई आफूतिर आकर्षित गर्‍यो। कोभिड संक्रमणको कारण उद्योग धन्दा फस्टाउन नसकेपछि सबै लगानीकर्ताको लगानी गर्ने क्षेत्र नै सेयर बजार बन्न पुग्यो।दैनिक २-३ करोड रुपैयाँको कारोबार हुने सेयर बजारमा १०-१२ अर्बसम्मको कारोबार हुन थालेपछि धेरै लगानीकर्ता सेयर बजारमा आकर्षित हुनु स्वाभिककै हो।सोही कारण छरछिमेक, टोल, तराई पहाड लगायतका सबैजसो स्थानमा चिया गफको रुपमा सेयर बजारले आफूलाई स्थापित गर्न सफल भयो।सेयरबाट यति कमाएँ भन्ने व्‍यक्ति र समूह हाबी हु

सेयर बजारमा फर्किए लगानीकर्ता : ६८ प्रतिशतले कारोबार रकममा वृद्धि

सेयर बजारमा लगानीकर्ता पुनः आकर्षित हुन थालेका छन् । गत साता दैनिक औसत कारोबार रकममा करिब ६८ प्रतिशतले वृद्धि भएर सात अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । साताभरमा कारोबार रकम...

जिम्मेवार पदाधिकारीको गैरजिम्मेदार बोलीले सेयर बजार घट्यो– लगानीकर्ता पौडेल

एक महिनाको अवधिमा लगानीकर्ताले ६ खर्ब ९२ अर्ब गुमाइसकेका छन् । दैनिक २१ अर्ब ३० करोड सम्म पुगेको कारोबार ५ अर्बको हाराहारीमा खुम्चिएको छ ।

सिमेन्ट उद्योग खोल्न चीनले १४ अर्ब ४० करोड लगानी गर्ने

काठमाडौ । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।   दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी ...