सेयर बजारमा सक्रिय लगानीकर्ता बढे, कारोबार दुई वर्षयताकै उच्च

२ माघ, काठमाडौं । गएको वैशाख २८ गते जम्मा ५२ करोड रुपैयाँबराबर सेयर कारोबार भएको थियो । आठ महिनापछि मंगलबार कारोबार रकम ८ अर्ब २ करोडबराबरको भयो । यो रकम करिब दुई वर्षयताकै उच्च हो । यसअघि २०७८ माघ २० मा ८ अर्ब ६१ करोड रुपैयाँबराबर कारोबार भएको थियो । पछिल्ला दिनमा दैनिक सेयर कारोबार […]

सम्बन्धित सामग्री

सेयर बजार ३५.६७ अंकले घट्याे

काठमाडौ । केन्द्रीय बैंकको नयाँ निर्देशनप्रति सेयर बजारका लगानीकर्ता बेखुशी देखिएका छन् । नयाँ निर्देशन जारीपछि आइतबार बजार खुलेको हो । तर यस दिन सेयर बजार परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंकमा आइपुगेको छ । १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सबै समूह घटेका छन् । केन्द्रीय बैंकले गत बिहीबार […] The post सेयर बजार ३५.६७ अंकले घट्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्देशिकाले सेयर बजार उक्सिने आशमा लगानीकर्ता

राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा सबैभन्दा बढी खुशी सेयर लगानीकर्ता भए । ‘सेयर धितो कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने’ कुराले लगानीकर्ता उत्साहित भएका थिए । कारोबार समयमै जारी भएको मौद्रिक नीतिका कारण नेप्से परिसूचक उच्च अंकले बढ्यो । तर, लगानीकर्ताको त्यो उत्साह […]

उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित

करिब दुई वर्ष लामो गिरावटपछि सेयर बजारले उकालो यात्रालाई पुनः निरन्तरता दिएको छ । करिब १७ सय अंकसम्म झरिसकेको नेप्से परिसूचक पछिल्ला दिनमा दुई हजारभन्दा माथि उक्लिएको छ । मंगलबारमात्रै करिब तीन महिनापछि नेप्से परिसूचक दुई हजारमाथि पुगेको थियो, जुन बुधबार पनि कायम रह्यो । पछिल्ला १० कारोबार दिनलाई हेर्ने हो भने सेयर बजार पुँजीकरण […]

‘फेष्टिभ मुड’मा सेयर बजार, ४८ करोडको कारोबार

सेयर बजारमा ‘फेष्टिभ मुड’ देखिएको छ । नेपालीको ठूलो चाडपर्व मध्येको दशैं सुरु भएकोले लगानीकर्ता निस्क्रिय भएका छन् । यसैकारण कारोबार रकम घटेको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बजार मापक नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ अंकमा पुगेको छ । परिसूचक सामान्य रुपमा बढेको भएपनि कारोबार रकम भने उत्साहजनक छैन । आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँ बराबरका १३ लाख ७० हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोको सेयर मूल्य ९.२ प्रतिशतले बढेको छ । यस्तै,

‘प्यानिक सेल’मा लगानीकर्ता, कहिलेसम्म घट्छ सेयर बजार ?

गत असार १० गते १८ सयको हाराहारीमा आएको सेयर बजार मापक नेप्से परिसूचक साउन १६ गते २२२४ विन्दुमा पुग्यो । ३२ सय विन्दुबाट फर्केको बजार १८ सयबाट बढ्न थालेपछि बजारले अब गति लिन्छ कि भन्ने आश लगानीकर्ताको थियो ।तर, बजार बढेन । नेप्से परिसूचक फेरि १८ सयको हाराहारीमा आउने गरी घटिरहेको छ । कुनै समय दैनिक कारोबार रकम २१ अर्ब रुपैयाँ पुगेको थियो । अहिले घटेर दैनिक १ अर्ब रुपैयाँभन्दा पनि कम छ ।तुलनात्मक रूपमा राम्रा सूचीकृत कम्पनीको सेयर मूल्य पनि निकै तल आइसकेको छ । जस्तो कि कुमारी बैंकको सेयर मूल्य १८५

‘कन्फिडेन्स’ खोज्दै सेयर लगानीकर्ता

२५ जेठ, काठमाडौं । २ भदौ २०७८ मा अहिलेसम्मकै उच्च विन्दु ३१९९.०३ छोएको सेयर बजार परिसूचक नेप्से त्यसयताको ९ महिनामा १२ सय अंक तल झर्‍यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । कोरोना […]

'साना लगानीकर्ता बाहिरिए, ठूला लगानीकर्ताले सेयर खरिद बढाए'

सेयर बजारमा आउन सकेन सुधार साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३७ दशमलव शून्य ६ अंकले घटेर दुई हजार दुई सय ३८ दशमलव ६२ बिन्दुमा आइपुगेको छ । नेप्सेमा आएको भारी...

निषेधाज्ञामा सेयर बजार बन्द नहुने

काठमाडौं। निषेधाज्ञाको समयमा सेयर बजारको कारोबार नरोकिने भएको छ। अनलाईन कारोबार गर्नेहरुको संख्या बढ्दै गएकाले कारोबार बन्द नहुने भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बजार बन्द नहुने जानकारी दिएको छ। अघिल्लो वर्षको लकडाउनमा भने चैत ११ गतेदेखि नै बजार बन्द भएको थियो। लगानीकर्ता संघहरुले लगानीकर्ताको स्वास्थ्य जोखिममा पारेर बजार खुला राख्न नहुने माग गरेपछि अघिल्लोपटक बन्द भएको थियो।

साना कम्पनीले उचाल्यो सेयर बजार

काठमाडौं । साना कम्पनीमा लगानीकर्ता हावी हुँदा सोमबारको सेयर बजार पनि उचालिएको छ । यो दिन सेयर बजार परिसूचक नेप्से १६.०४ अंकले बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगको हो । यो दिन कुल ८ अर्ब ९० करोडको कारोबार भएको थियो । नेप्से परिसूचक बढे पनि यो दिन सेन्सेटिभ परिसूचक भने घटेको छ । सेन्सेटिभ परिसूचक सेयर बजारमा सूचिकृत ‘क’ वर्गका कम्पनीको मापन गर्ने परिसूचक हो । यो दिन १२ वटा उपसूचक मध्ये बैंकिङ, व्यापारमूलक, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड सम

साताको सेयर बजार : निराश बने बैंकिङ समूहका लगानीकर्ता

९ माघ, काठमाडौं । माघ महिनाको पहिलो साता समग्रमा सेयर बजार उकालो लागेको छ । सेयर कारोबार सार्वजनिक बिदा बाहेक सातामा ५ दिन खुला रहन्छ । माघको पहिलो साता पाँचै दिन कारोबार भएको छ । पाँच दिनको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक ५३ अंकले वृद्धि भएको छ । गत आइतबार नेप्से परिसूचक २ हजार […]