कञ्चनपुर : हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाका १८ वर्षीया मीना जोशीका परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार रूपैयाँ किरिया खर्चबापत दिएको छ। रकम आज उनका परिवारलाई हस्तान्तरण गरिएको छ।कोषले दिएको रकम आज कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मृतकका बुवा कालुराम जोशीलाई हस्तान्तरण गरे। सोमबार साँझ मिनालाई घरनजिकै हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट सिकिस्त उनको घटनास्थलमै मृत्यु भएको थियो।शुक्लाफाँटा राष्ट्रि