एनएमबि म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने

साउन २७, काठमाडौं ।  एनएमबि म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ ।   फण्डले एनएमबि सरल बचत फण्ड ई नामक खुला मुखी योजना सञ्चालनमा ल्याउन नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।  एनएमबि सरल बचत फण्डले प्रतिइकाई रू. १० को १० करोड इकाई निष्कासन गर्नका लागि साउन २२ गते बोर्डबाट स्वीकृति पाएको हो । कोष व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  एनएमबि क्यापिटल अन्तर्गत एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल १ सञ्चालनमा छन् । यस बाहेक एनएमबि म्युचअल फण्डले एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड आईआई (II) मार्फत १२ करोड इकाई निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।