कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्् बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि राजधानीमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कोरोना महामारी नियन्त्रण गर्न सङ्क्रमण बढी भएका ठाउँहरूमा सङ्क्रमितको सङ्ख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले उपत्यकालगायत सहरी क्षेत्रमा पाँच सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको जानकारी दिनुभयो । पहाडी र हिमाली जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी काठमाडौँ उपत्यका भित्रने सवारी साधन बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
बैठकले आन्तरिक उ