काठमाडौँ उपत्यका छोडेर गृह जिल्ला फर्किनेको चाप बुधबार पनि त्यतिकै रह्यो। मङ्गलबारको तुलनामा बुधबार बिहानदेखि नै गोंगबु नयाँ बसपार्कमा यात्रुको बाक्लो भीड देखिन्थ्यो।
यात्रुको चापसँगै सार्वजनिक यातायातका पर्याप्त सवारीसाधन नहुँदा सर्वसाधारणले निकै सास्ती भोग्नु परेको थियो। यातायात व्यवसायीले एक्कासि यात्रुको चाप बढेकाले सवारीसाधन व्यवस्था गर्न नसकिएको स्वीकारेका छन् ।
दशैँ र तिहारमा १०÷१५ दिनअघि नै अग्रिम ‘टिकट बुकिङ’ खुल्ने भएकाले जिल्ला फर्किने यात्रुको विस्तृत सङ्ख्या मूल्याङ्कन गरी सवारीसाधन...