यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गरायो

नुवाकोट।दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक

सम्बन्धित सामग्री

यात्रुसँग बढी भाडा लिने ५८ सवारीद्वारा रकम फिर्ता

यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनले रकम फिर्ता गरेका छन् ।

बढी भाडा लिने माइक्रो बसलाई कारबाही

दमौली। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ । दमौलीबाट काठमाडाँै छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा लिएको गुनासो आएपछि […]

अर्घाखाँचीमा दोब्बर भाडा असुल्ने सवारी कारवाहीमा, यात्रुको भाडा फिर्ता

मेलापर्वमा यात्रुको चापको फाईदा उठाएर तोकिएभन्दा बढी भाडा उठाएपछी ईलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक पोष्ट ठाडाको टोलीले चेकजाँच गरेर भाडा फिर्ता गराएको हो । बढी भाडा तिरेका ३५ जना यात्रुको भाडा फिर्ता गराईएको, मौकाको फाईदा उठाउने तथा भाडादरको लिस्ट न...

वीरगञ्जमा महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही

वीरगञ्ज, ७ कात्तिक: चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी […]

बढी भाडा लिने सुमो नियन्त्रणमा

काठमाडौँ- तोकिएको भाडा दर भन्दा बढी रकम लिने सुमो नियन्त्रणमा लिई प्रहरीले कारवाही गरेको छ । गन्तव्य काठमाडौँसम्म पुर्‍याईदिन्छु भनी यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज ६६२४ नं को यात्रुवाहक सुमोलाई नियन्त्रणमा लिई कारबाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ । बढी भाडा फिर्ता गरी उक्त सुमो र सुमो चालक जिल्ला […]

यात्रुसँग बढी भाडा असुल्ने १५४ सवारीसाधनलाई कारबाही

वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीसाधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले साउन महीनामा ती सवारीसाधनलाई कारबाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारीसाधनबाट २ लाख ३४ हजार ५ सय रुपैयाँ जरीवाना पनि असुल गरेको छ । यसैगरी मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४८ जनालाई कारबाही गरेर ४८ हजार रुपैयाँ जरीवाना तिराएको छ । तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारबाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको ट्राफिकले बताएको छ । ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीसाधन कारबाहीमा परेका छन् । यो कारबाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए । बितेको १ महीनामा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । प्रहरीका अनुसार सो अवधिमा गरिएका ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएका थिए ।

यात्रुसित बढी भाडा असुल्ने १५४ ओटा सवारी साधनलाई कारवाही

भदौ १, वीरगञ्ज  । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुहरुसित तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीका साधनलाई कारवाही गरेको छ ।  ट्राफिक प्रहरीले बितेको साउन महीनामा ती सवारी साधनलाई कारवाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले यात्रुलाई फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।  यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारी साधनबाट २ लाख ३४ हजार ५०० रुपैयाँ जरीवाना पनि असुल गरेको उल्लेख गरेको छ ।  ट्राफिक प्रहरीले गत एक महीनामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ४८ जनालाई जरीवाना गरेको छ । उनीहरूबाट ४८ हजार रुपैयाँ जरीवाना उठेको पनि ट्राफिकले बताएको छ ।  तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारवाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको पनि ट्राफिकले बताएको  छ ।  ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीका साधन कारवाहीमा परेका छन् । यो कारवाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए ।  बितेको १ महीनामाा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक पहरीले बताएको छ । ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएको पनि  ट्राफिक प्रहरीले बताएको छ ।

ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व, बढी भाडा असुल्ने सवारीमाथि कारवाही तीव्र

साउन ६, वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/ ७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।  गत आवमा सवारी नियम उललंघन गर्नेलाई कारवाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।  भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।  चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढी सर्वसाधारणको सहभागिता रहेको पनि जैसवारले बताए ।  ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारी साधन पक्राउ गरेर कारवाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८ ओटा मोटरसाइकल, २४ ओटा जीपकार, ३ ओटा डीजे रथ र एउटा टयाक्टर समातिएको श्रेष्ठले बताए ।  कारवाहीका लागि पठाइएका यस्ता सवारी साधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको ट्राफिक प्रहरीले बताएको छ ।  ३ हजार ९८३ ओटा सवारी दुर्घटना : गत वर्ष प्रदेश २ का ८ ओटा जिल्लामा ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५२३ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । ५ हजार ८११ ओटा सवारी साधन ती दुर्घटनामा परेका छन् ।  बढी भाडा असुल्नेलाई कारवाही : चालु आव २०७८/ ७९ को शुरूआतसँगै यात्रुसित बढी भाडा असुल्ने सवारी साधनमाथि कारवाही तीव्र पारेको छ । कोरोना महामारीका कारण सवारीका साधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएकोभन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ ।  प्रदेश ट्राफिकले यही साउनको २ र ४ गते गरेको चेकजाँचका क्रममा ३० ओटा सवारी साधनले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको भेटिएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । सवारी सञ्चालकले लिएको बढी भाडा यात्रुलाई फिर्ता गराइएको पनि उनले बताए । बढी भाडा असुल्ने सवारी साधनलाई जरीवाना तिराएर छोडिएको ट्राफिक प्रहरीले बताएको छ । सरकारले हालै भाडा समायोजनमार्फत अन्तरप्रदेश सवारी भाडादर २८ प्रतिशत र ढुवानीमा २६ प्रतिशतसम्म भाडा बढाएको छ ।

यात्रुसँग बढी भाडा असुल्ने ७ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा

साउन ३, वीरगञ्ज  । यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा लिने सात ओटा सवारी साधन २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको कारवाहीमा परेका छन् ।  बाराको पथलैयामा शनिवार राति चेकजाँच गर्दा बढी भाडा लिएको भेटिएपछि भाडा फिर्ता गराइएको ट्राफिक प्रहरी कार्यालय पथलैयाका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।  ती सवारीले यात्रुसँग कुल १ लाख २४ हजार २०० रुपैयाँ बढी भाडा लिएका थिए । तोकिएभन्दा बढी भाडा असुल्ने प्रत्येक बसलाई ५ हजार रुपैयाँका दरले ३५ हजार रुपैयाँ जरीवाना पनि तिराइएको प्रहरी नायव उपरिक्षक जैसवारले बताए ।  जनकपुर, सर्लाही, गौर र बाराका विभिन्न स्थानबाट काठमाडौं र पोखराका लागि यात्रु लिएर हिँडेका बसले ३०० देखि १ हजार रुपैयाँसम्म बढी भाडा लिएको भेटिएको जैसवारले बताए ।  बढी भाडा लिने बा.प्र.००१ ख ०१९०, ना ७ ख २७९०, ग १ ख ८९६९, ना ६ ख ५०६७, ना ८ ख ४१३, ना ६ ख ६९६३ र ना ७ ख ११११ नम्बरका बस कारवाहीमा परेका हुन् । ती बसले लिएको बढी भाडा १८३ जना यात्रुलाई फिर्ता गराइएको छ ।

तोकिएभन्दा बढी भाडा लिने सवारी साधानबाट रकम फिर्ता

उदयपुर : दशैंको मौका छोपी यात्रुसँग बढी भाडा असुल्ने सवारी साधनबाट तोकिएको भन्दा बढी रकम फिर्ता गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले सावरी साधनमा छड्ने चेक जाँच गरी बढी भाडा लिने सवारी साधनबाट बढी भाडा फिर्ता गराएको हो। जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख सई अमृत कार्कीका अनुसार मंगलबार आधा दर्जन सवारी...